गोरखापत्र समाचारदाता
काठमाडौं, मङ्सिर १६ गते । नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले चितवनस्थित भरतपुर आँखा अस्पताललाई कागजविहीन बनाई डिजिटलाइजेसन गर्न सहयोग स्वरुप दस लाख रुपियाँ प्र्रदान गर्नुभएको छ । भरतपुरमा आयोजित कार्यव्रmममा उहाँले उक्त राशिको चेक हस्तान्तरण गर्नु भएको नेपालका लागि पाकिस्तानी दूतावासले जनाएको छ ।
उक्त सहयोगले भरतपुर आँखा अस्पताललाई इलेक्ट्रोनिक स्वास्थ्य अभिलेख प्रणालीमार्फत यसको पूर्वाधार र दक्षता स्तरोन्नति गर्न र प्रशासनिक र क्लिनिकल प्रव्रिmयालाई पूर्ण रूपमा डिजिटलाइज गर्न सहयोग गर्ने जनाइएको छ ।
राजदूत हाश्मीले सन् १९८७ मा पाकिस्तानको बिसिसीआई फाउन्डेसनको आर्थिक सहयोगमा निर्माण भएको अस्पताल निर्माण र क्षमता विकासमा योगदान गर्दै आएको उल्लेख गर्नु भयो । हालैका वर्षहरूमा पाकिस्तानी दूतावासले आँखाको हेरचाह र चिकित्सा सहयोगको क्षेत्रमा फार्मेसी, ओटी, एम्बुलेन्स सेलामा पनि सहयोग बढाएको उहाँले बताउनु भयो ।

त्यस अवसरमा राजदूत हाश्मीले स्वास्थ्य सेवा सहयोग पाकिस्तान–नेपाल सम्बन्धको एक महत्वपूर्ण स्तम्भ बनेको र यस्ता पहलले जनता केन्द्रित विकास र क्षेत्रीय कल्याणप्रति दुई देशको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कुरामा जोड दिनुभयो ।
भरतपुर आँखा अस्पतालको व्यवस्थापन बोर्डका अध्यक्ष जयराम श्रेष्ठ र प्रमुख चिकित्सा अधिकृत डा. पुष्पा गिरीले नेपालमा स्वास्थ्य सेवाको आधुनिकीकरणमा पाकिस्तानी जनताको निरन्तर सहयोग र योगदानको लागि गहिरो कृतज्ञता व्यक्त गर्नुभयो ।
राजदूत हाश्मीले चितवनस्थित मेडिकल साइन्सेज कलेजको पनि भ्रमण गरी प्राध्यापक तथा विद्यार्थीसँग अन्तरव्रिmया गर्नुभयो ।
राजदूत हाश्मीले लुम्बिनी क्षेत्रको पनि भ्रमण गरी भगवान बुद्धको जन्मस्थलमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । उहाँले लुम्बिनी विकास बोर्ड र लुम्बिनीका कार्यवाहक प्रमुखसँग भेटघाट गरी पाकिस्तान र नेपालबिचको सम्पदा सम्बन्ध, सांस्कृतिक र नागरिक सम्बन्धलाई प्रवद्र्धनमा केन्द्रि रहेर छलफल गर्नुभएको थियो ।