• १० मंसिर २०८२, बुधबार

लागुऔषध खरिद बिक्री गर्ने पाँचजना पक्राउ

blog

राधा लुइटेल 
फिदिम,मङ्सिर १० गते ।
पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुम्बापोले लागुऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनीसहित खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको हो ।

तुम्बापोका साथबाट १० ग्राम ५२ मिलिग्राम लागुऔषध (खैरो हेरोइन) समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पाँचै जनालाई  पाँचथर जिल्ला अदालतमा बुझाएर १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ । पछिल्लो समय पाँचथर प्रहरीले लागुऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गर्ने क्रम तीव्र बनाएको छ ।