• ९ मंसिर २०८२, मङ्गलबार

मुख्यसचिव एकनारायण अर्यालको बिदाइ

blog

मुख्यसचिव एकनारायण अर्याललाई टीका लगाएर बिदाइ गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः केवश थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ । 

मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहबिच अर्याललाई बिदाइ गर्नुभएको हो। बिदाइका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गर्नुभएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले धन्यवाद ज्ञापन गर्दै आगामी जीवन सुखमय रहोस् भनी कामना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।