• ९ मंसिर २०८२, मङ्गलबार

जेनजी रुपन्देही नेपालका युवासँग गृहमन्त्रीको भेट

blog

रुपन्देही, मङ्सिर ९ गते। गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देही जेनज़ी नेपाल समूहका केही युवालाई मङ्गलबार भेटेर उनीहरुले बुझाएका ज्ञापन पत्र बुझ्नु भएको छ।  

भेटका क्रममा गृहमन्त्री अर्यालले कानुनी राज्यको सबैले पालन गर्दै राज्यलाई सघाई सुरक्षा निकायले गरेको निष्पक्ष छानबिन गर्न सबैले सघाउनुपर्ने बताउनुभयो।

भेटमा जेनज़ी युवालाई भदौ २३ र २४ गतेको घटना फरक कोणबाट सरकारले हेरिरहेको र घटनाको निष्पक्ष छानबिन हुने गरी सुरक्षा प्रशासनले काम गरिरहेकोसमेत नवपुस्तालाई जानकारी दिनुभयो। जेनज़ी रुपन्देही नेपालकोतर्फबाट सुरज पोखरेल,रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाउनु भएको थियो।