• ७ मंसिर २०८२, आइतबार

रौतहटमा हतियारसहित एक जना पक्राउ

blog

हातहतियार सहित पक्राउ परेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य । तस्बिर : इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर


प्रवीण कुमार शर्मा 
रौतहट, मङ्सिर ७ गते । 
रौतहटको चन्द्रनिगाहपुरबाट सशस्त्र प्रहरीले शनिबार पेस्तोल तथा म्यागजिनसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सन्तपुरका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेन्द्र बहादुर बस्नेतको नेतृत्वको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका – ४ देउराली चोकबाट पेस्तोल, म्यागजिन तथा राउण्डसहित एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१३ पदमपोखरी बस्ने २२ वर्षीय सुमन आचार्य रहेको उहाँले बताउनुभयो  ।

पक्राउ परेका आचार्यको साथबाट मेड इन इटाली लेखिएको Bereta पेस्तोल एक थान, त्यसमा लाग्ने म्याग्जिन एक थान, सिएफ -98-9 पेस्तोल एक थान, सोही पेस्तोलको म्याग्जिन एक थान, राउण्ड १३ थान (पिन्धिमा ३११ २३ उल्लेखित), खुकुरी १ थान, ओपो मोबाइल एक थान बरामद गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सशस्त्र प्रहरीले पक्राउ गरेका आचार्य र उनका साथबाट बरामद हातहतियार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई बुझाएपछि घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक लाबुंगले जानकारी दिनुभयो  ।