• ५ मंसिर २०८२, शुक्रबार

शिविरमा तीनसयको आँखा जाँच

blog

मदाने गाउँपालिकामा सञ्चालन भएको आँखा उपचार शिविर । तस्विर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुंगा (गुल्मी), मंसिर ५ गते । गुल्मीको मदाने गाउँपालिका तीन सय जनाको आँखाको जाँच गरिएको छ ।

गुल्मीको मदाने गाउँपालिका, नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घास र मदाने आँखा उपचार केन्द्र पुर्कोटदहको संयुक्त आयोजनामा सम्पन्न आँखा शिविरमा तीन सय जनाको आँखाको जाँच गरिएको हो । 

आँखा जाँच गर्दा ३२ जनाको आँखामा मोतियाबिन्दु पुष्टि भएको थियो । उहाँहरुको सोही सयममा  ३२ जनाको मोतियाबिन्दु को निःशुल्क शल्यक्रिया गरिएको छ । 

आर्थिक अभावको कारण उपचार गर्न नसकेर मोतियाबिन्दुको समस्या झेलेर घरमै बसिरहेका मदाने गाउँपालिकाका नागरिकलाई गाउँमै उपचारको व्यवस्था गर्न शिविरको आयोजना गरिएको गाउँपालिकाका गाउँपालिकाका स्वास्थ्य संयोजक तिर्थराज पन्थीले जानकारी दिनुभयो ।

आयोजकको तर्फबाटलाई बस्ने ठाउँ र शल्यक्रियापछि यातायातको व्यवस्था गरेको थियो ।

आँखा जाँच तथा शल्यक्रियाको काम लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवामा कार्यरत नेत्र विशेषज्ञ डा.सविता मर्हजनको नेतृत्वमा नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्र, तम्घासको टोलीले गरेको नेपाल नेत्रज्योति संघ आँखा उपचार तथा शल्यक्रिया केन्द्रका सूचना अधिकारी बिर बहादुर कार्कीले जानकारी दिनुभयो ।

मदाने आँखा उपचार केन्द्रले वडा९वडामा तीन सय  बढि नागरिकको आँखा जाँच गरेको कार्कीले बताउनु भयो । 

शिविरको समापन कार्यक्रममा मदाने गाउँपालिका प्रमुख महेन्द्र बहादुर कुवँर, उपप्रमुख सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद पाण्डे, नेपाल नेत्र ज्योति सघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, सचिव पदम पाण्डेय, मदाने आँखा उपचार केन्द्रका अध्यक्ष सुनिल थापा लगायतको सहभागिता रहेको थियो ।