• १ मंसिर २०८२, सोमबार

बङ्गलादेशका ५ देखि १७ वर्षका बालबालिकामध्ये ९.२ प्रतिशत श्रममा संलग्न

blog

फाइल : तस्बिर

ढाका, मङ्सिर १ गते । नयाँ अध्ययनले बङ्गलादेशमा ५ देखि १७ वर्ष उमेरका बालबालिकामध्ये ९.२ प्रतिशतले कुनै न कुनै प्रकारको श्रममा संलग्न रहेको तथ्य पत्ता लागेको छ । बङ्गलादेश तथ्याङ्क विभागले बालबालिका तथा महिलासम्बन्धी सबैभन्दा व्यापक सर्वेक्षण युनिसेफ र अन्य साझेदार संस्थासँगको सहकार्यमा सार्वजनिक गरेको हो ।

तथ्याङ्क विभागकी सचिव आलेया अक्टारले सर्वेक्षणको दायरामा गर्भवती महिलामा रगतको कमी जस्ता नयाँ परीक्षण समावेश भएका कारण यसले अझ बढी महत्त्व राख्ने बताउनुभयो । सर्वेक्षण अनुसार, मातृ रगतको कमी अझै उच्च रहेको छ, जुन ५२.८ प्रतिशत छ । एक हजार किशोरीमध्ये जन्मदर ८३ बाट बढेर ९२ पुगेको देखिएको छ ।

यी तथ्यले मातृ-शिशु पोषण सुधार, स्तनपान प्रवद्र्धन र स्वास्थ्य सेवामा पहुँच विस्तारको अत्यावश्यक आवश्यकता औँल्याउँछ । बङ्गलादेशका लागि युनिसेफका प्रतिनिधि राना फ्लावरसले प्रतिवेदनले प्रगति र चुनौती दुवै देखाएको उल्लेख गर्दै यसले आगामी स्वास्थ्य र पोषण सुधारका काममा मार्ग दर्शन गर्ने बताउनुभयो । रासस/सिन्ह्वा