• १ मंसिर २०८२, सोमबार

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाद्वारा संयुक्त साइबर सुरक्षा अभ्यास सुरु

blog

सियोल, मङ्सिर १ गते । सयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले सम्भावित साइबर सुरक्षा खतराविरुद्ध आफ्नो संयुक्त तयारी बलियो बनाउन सोमबारदेखि संयुक्त साइबर सुरक्षा अभ्यास सुरु गरेको जनाइएको छ । 

शुक्रबारसम्म चल्ने साइबर एलायन्स अभ्यास मेरिल्यान्डको एक प्रशिक्षण सुविधामा हुने र यसको उद्देश्य भविष्यको साइबर युद्धका लागि राम्रो ब्रेसिङ गर्ने भएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रशिक्षण सिम्युलेटेड साइबरट्याक्ट परिदृश्यअन्तर्गत सम्भावित साइबर सुरक्षा खतरालाई सम्बोधन गर्न सुचना तथा जानकारी र प्रक्रिया साझा गर्ने अभ्यास समावेश रहेको जनाइएको छ ।

योन्हाप समाचार एजेन्सीका अनुसार गत वर्ष दक्षिण कोरियाको साइबर अपरेसन कमान्डमा आयोजना गरिएको यो दोस्रो साई सुरक्षा सम्बन्धि अभ्यास हो । सियोल र वासिङ्टनले साइबर गठबन्धन प्रशिक्षण मात्र नभई साइबर खतराका लागि गुप्तचर साझेदारी, बहुराष्ट्रिय साइबर सुरक्षा अभ्यासमा संयुक्त सहभागिता र अन्यमा सहयोग विस्तार गर्न जारी राख्नेसमेत जनाएका छन् । रासस/क्यूएनए