• १ मंसिर २०८२, सोमबार

चार महिनामा उपल्लो मुस्ताङमा १७ सयभन्दा बढि विदेशी पर्यटक पुगे

blog

उपल्लो मुस्ताङको भ्रमण गरेका विदेशी पर्यटक । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), मङ्सिर १ गते ।
उपल्लो मुस्ताङमा चार महिनाको अवधिमा १७ सयभन्दा बढि विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका विभिन्न पर्यटकीयस्थलमा सार्क राष्ट्रबाट ४४ पर्यटकमध्ये पुरुष ३५ र महिला ९ साथै अन्य राष्ट्र«बाट पुरुष नौ सय ३० र महिला सात सय ३४ जना गरी १६ सय ६६ गरी १७ सय १० जनाले भ्रमण गरेका छन् ।

एक्याप इलमाका कार्यालय मुस्ताङका प्रमुख उमेश पौडेलका अनुसार यस आर्थिक बर्ष २०८२/०८३ को साउन महिनामा एक सय ९४ जना, भदौ दुई सय ७९, असोज पाँच सय २० जना र कात्तिक महिनामा सात सय १७ जना पर्यट रहेका छन् । तल्लो मुस्ताङको बारागुङ मुक्तिक्षेत्रको कागबेनीबाट उपल्लो मुस्ताङको भ्रमणमा धेरै पर्यटक आउनेमा फ्रान्स, अमेरिका, जर्मनी, इटाली लगायतका यूरोपेली राष्ट्र«का रहेका छन् । यसवर्ष असोज महिनामा आउने धेरै पर्यटक आगमनको मुखमै जेनजी आन्दोलनका कारण विभिन्न देशबाट नेपाल भित्रिने पर्यटकले बुकिङ रद्द गरेकाले सङ्ख्या केही घटेको छ ।

एक्याप इलाका कार्यालय लोमान्थाङका प्रमुख पौडेल भन्नुहुन्छ, ‘‘वैशाख–असोज महिनामा धेरै विदेशी पर्यटक मुस्ताङ भित्रिन्छन्, सङ्ख्यामा तलमाथि भए पनि घुम्न आउने पर्यटकले ने मुस्ताङको सुन्दरताको प्रचारप्रसार गर्छन ।’’ असोज, कात्तिक महिनामा घुमफिर तथा बैशाख महिनामा उपल्लो मुस्ताङमा तिजी पर्वको अवलोकनसहित असोज महिनामा भ्रमणसहितको योजना बनाएर विदेशी पर्यटक उपल्लो मुस्ताङ जाने गरेका छन् । अर्धनिषेधित क्षेत्रमा आउने सार्क राष्ट्र«का पर्यटकले प्रवेश शुल्क एक हजार, अन्य राष्ट्र«का पर्यटकले तीन हजार एक्यापलाई तिर्नुपर्छ । विदेशी पर्यटकले अध्यागमन विभागलाई १० दिनका लागि पाँच सय रुपियाँ अमेरिकी डलर शुल्क तिर्नुपर्छ । १० दिनभन्दा बढि भ्रमण गर्न प्रतिदिन ५० रुपियाँका दरले शुल्क तिर्नुपर्ने नियम रहेको छ ।

पर्यटकले सङ्केत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज बनाउन एक्याप लोमान्थाङले आफ्नो क्षेत्रमा सूचना पाटी, साइन पोष्टिङ र होडिङ बोर्ड राखेको छ । उपल्लो मुस्ताङको भ्रमणमा जाने विदेशी पर्यटक कोरला नाका क्षेत्रमा भन्दा पनि प्राचिन मानबबस्ती भएका गुफा, गुम्बा, लोमान्थाङ दरबार, प्राचिन शैलीका माटोको बस्ती, मौलिक रहनसहन, संस्कृति, जीवनशैलीमा समय विताउने गरेका छन् । नेपाल सरकारले सन् १९९२ मा उपल्लो मुस्ताङमा पर्यटकलाई भ्रमणका लागि खुल्ला गरेको थियो । यता अर्थनिषेधित क्षेत्रमा तोकिएको शुल्कका कारण पर्यटक घटेकाले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले शुल्क घटाउनुपर्ने माग बराम्बार गर्ने गरेका छन् ।