गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । प्राथमिक उपचारबारे देशव्यापी रूपमा प्रशिक्षत तथा जनचेतना फैलाउँदै आएको योगदान ‘राष्ट्रका लागि अभियान’ संस्थाले ‘एक घर एक प्राथमिक उपचार’ भन्ने मुल नारासहित आफ्नो पाँच साधारण सभा सम्पन गरेको छ ।
काठमाडौँमा सम्पन्न साधारण सभामा देशभरबाट उपस्थित प्रतिनिधि सहित समाजसेवा, कलाकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो ।
१२ सेप्टेम्बर अर्थात् भदौ २७ गते परेको अन्तर्रास्ट्रिय प्राथमिक उपचार दिवसको अवसरमा अभियानले देशव्यापी रूपमा रक्तदान, फलफूल वितरण, वृक्षारोपण, सरसफाइ दिप प्रज्वलनलगायत जनचेजतान मुलक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।
साधारण सभालाई सम्बोधन गर्नुहुँदै योगदान राष्टका लागि अभियानका अध्यक्ष ओम उप्रेतीले प्राथमिक उपचारमा अपनाइने परम्परागत शैली र अज्ञानताका कारण बर्सेनि हजारौ मानिसका अकालमा ज्यान जाने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘‘आफ्नो मातृभूमिका लागि केही गरौ भन्ने उद्देश्यका साथ सुरु गरिएको अभियान घरघर पुर्याउने योजनामा छौँ । यसलाई सबै क्षेत्रबाट अवस्य साथ सहयोग हुने नै छ ।’’
उहाँले सामाजिक सहयोग, सेवा र मानवताका लागि एकजुट भएर अघि बढ्नु नै संस्थाको मूल ध्येय रहेको बताउँदै स्थापनाको पाँच वर्षको यात्रामा साथ, सहयोग प्रति सबैमा आभार व्यक्त गर्नुभयो ।
अभियानका स्वास्थ्य सल्लाहकार तथा ओम समाज डेन्टल अस्पताका अध्यक्ष डा. सुवास घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न सधारण सभामा उपाध्यक्ष राहुल कौशल, कलाकार रमेश उप्रेती, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक तथा राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्की, पत्रकार विरेन्द्र जैरु, प्रमुख सल्लाहकार श्याम कँडेललगायते आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
संस्थाले प्राथमिक उपचारको विधि सम्बन्धी मुलुकका करिब ५० जिल्लाका स्थानीय तहमा पुगी बहस हुने, सर्पको टोकाई, डुवान तथा सडक दुर्घटनादेखि हरेक प्रकारका पानीको डुवानमा कसरी बचाउने जस्ता नि:शुल्क प्राथमिक तालिम तथा प्रशिक्षण प्रदान गर्दै आइरहेको छ ।