शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ३० गते । लालीगुराँस एसोसिएसन क्लब र चित्लाङ एफसी हेटौँडामा जारी एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेको छ ।
गौरीटार रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा लालीगुराँसले काँक्रेबिहार युथ क्लबलाई २–० गोललेले हराउँदै फाइनलमा स्थान बनाएको हो । लालीगुराँसलाई जिताउन मुकुन्दकुमार निउरेले २०औँ र राम थापाले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्नुभयो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा चित्लाङ एफसीले नव जन जागृति क्लबलाई सडनडेथमा ९–८ गोलले हरायो । निर्धाीरत समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सडनडेथमा पुगेर सकिएको थियो ।