धर्बेन्द्र झा
जनकपुरधाम, कात्तिक ३० गते । जनकपुरधाममा दर्जनौ एेतिहासिक पोखरीहरू सरसफाइ र संरक्षणको अभावमा प्रयोगविहिन बनिरहँदा स्थानीय बासिन्दाले जनकपुरधाम वडा ४ स्थित रहेको धार्मिक तथा एतिहासिक महत्त्व बोकेको विशहरा पोखरीको सरसफाइमा जुटेका छन् ।
२०६३ सालमा स्थापना भएको विशहारा संरक्षण समिति नामको संस्थाको अगुवोइमा स्थानीय टोलवासीले सो पोखरीको सरसफाइ गरी पर्यटकीय क्षेत्र निमार्णका लागि जुटेको समितिका अध्यक्ष विजय झाले जानकारी दिनुभयो । उहाँले धार्मिक दृष्टिकोणले पवित्र र एेतिहासिक पोखरी रहेको विशहारा पोखरी सरसफाई र संरक्षणको अभावमा दिनानु दिन मासिँदै गएपछि त्यहाँ पोखरीको सरसफाइ र संरक्षण गरी पार्क निमार्ण गर्ने योजना स्थानीय बासिन्दाले बनाएको बताउनुभयो ।
समितिका सदस्य भोगेन्द्र कर्णका अनुसार पोखरीको सरसफाइका लागि स्थानीय बासिन्दाले प्रत्येक दिन श्रमदान गरी बिहानको दुई घण्टाको समय पोखरीको सरसफाइमा दिने गरेका छन् । सुन्दर, सफा विशहरा टोल हामीहरूको एउटै गोलका साथ स्थानीय बासिन्दाले सञ्चालन गरेको सरसफाइ कार्यक्रमले टोलका साथ साथै पोखरीको सफाइको काम त्रिव गतिमा अगाडि बढेको अध्यक्ष झाले बताउनुभयो । उहाँले स्थानीय बासिन्दाको सहयोगमा पोखरीको सरसफाइ देखि विशहारा मन्दिरको जिर्नोद्धार,पोखरीमा घाट निमार्ण ,लाइटिङ जडान ,पार्क निमार्ण लगायतका विषयमा कार्ययोजना बनाएर समितिले अगाडि बढेको बताउनु भयो । अध्यक्ष झाले यसका लागि स्थानीय बासिन्दाको साथसाथै तीन तहकै सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरसफाइको अभावमा जनकपुरधामप्रति आम नागरिकको धारना राम्रो नरहेको समयमा यस प्रकारको कार्यले अरूलाई पनि प्रेरित गर्ने भएकोले स्थानीय सरकारलाई सहयोगका लागि आग्रह गरिएको बताउनुभयो । उहाँले विशहारा पोखरीको सौन्दर्यीकरणका लागि जनकपुरधामका नगर प्रमुख मनोज साह आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको भन्दै यस प्रकारको काममा सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।