राजन रावत
हुम्ला, कात्तिक ३० गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले आफ्नै नयाँ प्रशासकीय भवनबाट सेवा प्रवाह सुरु गरेको छ । चार वर्ष समय लगाएर भवनको निर्माण कार्य पूरा भए पनि गाउँपालिकाले भाडाको घरमा रहेको कार्यालय नयाँ भवनमा सारेसँगै आफ्ना सेवा प्रदान गर्न सुरु गरिएको हो ।
तीनतले ३२ वटा कोठाबाट गाउँपालिकाले आफ्नो सेवा प्रदान सुरु गरेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताउनुभयो । चार वर्ष समय लगाएर ताँजाकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको हो ।
भवनबाट गाउँपलिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृत, लेखा, योजना, महिला तथा बालबालिका, उद्यम विकास लगाएतका पन्द्र वटा शाखाहरुका सेवाहरु एक साथ प्रवाह हुन थालेको उहाँले भनाइ छ । अब अधिकांश शाखाको काम नयाँ निर्माण गरिएको प्रशासकीयक भवनबाटै प्रदान गर्न थालेपछि सेवाग्राहीलाई पनि सहज भएको उहाँले बताउनुभयो । त्यसैगरि कार्यपालिका बैठकका लागि सभाहल, अन्य बैठकका लागि सभा हल पनि भवनभित्रै निर्माण गरिएको छ ।
भवनमा डिजिटल बोर्डबाट सूचना प्रवाह गर्ने कार्य पनि सुरु भएको छ । भवनभित्रै तीन वटा कोठामा अतिथि गृहको पनि व्यवस्था गरिएको छ । भवनबाट सेवा प्रदान गर्न सुरु भएपछि भाडामा लगिएका भवनहरु खाली गरिएको कारण गाउँपालिकालाई आर्थिक व्ययभारसमेत घटेको छ । यसअघि उक्त गाउँपालिकाले मासिक एक लाखसम्म घर भाडा तिर्दै आएको थियो ।
प्रशासकीय भवनसम्म सडक निर्माण भएर सञ्चाालनमा आएको कारण सबै प्रवा प्रदायक र सेवाग्राहीलाई पनि सहज भएको छ । यो सङ्घीय सरकार र गाउँँपालिकाको लग साझदारीमा निर्माण कार्य भएको हो । यसका लगि करोड २७ लाख लागत लागेको छ । यो भवन पूर्णरुपमा आरसिसी भएको र माथिल्लो तलामा भने जस्तापाता छापिएको छ ।