• ३० कात्तिक २०८२, आइतबार

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

blog

पाँचथर र इलामको सीमावर्ती गोरुवाले भञ्ज्याङमा पल्टिएर खोँचमा खसेको ट्याक्टर । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, कात्तिक ३० गते ।
नेपाली हाते कागज बनाउने कच्चा पदार्थ बोकेर पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १३ लुङरुपातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ ।

फिदिम नगरपालिका वडा नम्बर १४ लुङरुपा निवासी पञ्चे राईको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । साथै अन्य दुईजना घाइते भएका छन् ।

इलामको सन्दकपुर गाउँपालिकादेखि हाते कागज बनाउने लोक्ता बोकेर पाँचथर आउँदै गरेको ट्याक्टर सीमावर्ती गोरुवालेस्थित सडकबाट खोँचमा खसेर दुर्घटना भएको हो ।

दुर्घटना श्चात् ट्याक्टरका चालक फरार भएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले बताउनुभयो । उहाँका अनुसार घाइते दुवै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।

शनिबार राति  प्रदेश १ ०२–००३ त ३४०२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको थियो ।