निराजन परियार
चौमाला (कैलाली), कात्तिक ३० गते । कैलाली हार्डवेयर सङ्घको अध्यक्षमा पुनः कुबेरबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । सङ्घको १३ औँ साधारणसभा तथा ५ औँ अधिवेशनबाट शाहीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र चन्द, उपाध्यक्षमा बलबहादुर खड्का र जयप्रकाश चौधरी चयन हुनुभएको छ । सङ्घको महासचिवमा धर्मराज जोशी, सचिवमा गणेश जोशी, कोषाध्यक्षमा सर्वण चौधरी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा प्रन्जल गुप्ता, सुरेन्द्रप्रसाद जोशी, चक्र सोडारी, डम्बरप्रसाद जैसी, यज्ञराज जोशी, शङ्कर साउद, जय कुवार र वीरेन्द्र बोकटी निर्वाचित हुनुभएको छ ।
अधिवेशनको कैलाली उधोग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर ओझाले समुद्घाटन गर्नुभएको थियो । साथै विभिन्न क्षेत्रमा योग्दान पुर्याएका व्यक्तिहरूलाइ प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
अधिवेशनले सङ्घको आगामी योजनाबद्ध कार्यक्रम, हार्डवेयर व्यवसायका चुनौती र समाधानका उपाय लगायतका विषयमा पनि विस्तृत छलफल गरेको थियो । नयाँ नेतृत्वले हार्डवेयर व्यवसायको प्रवर्धन, व्यापारीहरूको हकहित संरक्षण र सङ्घलाई थप सक्षम र सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ ।