• ३० कात्तिक २०८२, आइतबार

भीमफेदीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

blog

दुर्घटना भएको मोटरसाइकल । तस्बिर सौजन्य : सामाजिक सञ्जाल

अनिल पराजुली
हेटौँडा, कात्तिक ३० गते ।
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०/५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको छ । उहाँका अनुसार घटना शनिबार राति भएको हो ।

आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।