• २९ कात्तिक २०८२, शनिबार

जम्मू–कश्मीरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट : नौ जनाको मृत्यु

blog

काठमाडौँ, कात्तिक ३० गते । भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

भारतीय सञ्चारमाध्यक आजतकका अनुसार विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ भने २९ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः२० बजे नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट भएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक भारस्करका अनुसार घाइतेमध्ये अधिकांश प्रहरी रहेका छन् र उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटका कारण मानव अवशेषहरू तीन सय फिट टाढासम्म छरिएको अवस्थामा भेटिए आजतकले जनाएको छ ।

विस्फोटका करण प्रहरी चौकीको भवनको ठूलो भाग भत्किएको छ भने धेरै सवारी साधनमा आगो लागेको थियो ।

अधिकारीहरूका अनुसार, ह्वाइट–कलर आतङ्कवादी मोड्युल केसको सम्बन्धमा प्रहरीले जफत गरेको विस्फोटक पदार्थको नमूना लिइरहेको बेला विस्फोट भएको थियो । यद्यपि, विस्फोटलाई आतङ्कवादी कोणबाट पनि अनुसन्धान भइरहेको छ ।

स्रोतहरूका अनुसार, विस्फोटक पदार्थ डेटोनेटर र फ्यूजबाट ट्रिगर गरिएको खण्डमा वा कुनै तरिकाले ट्रिगर गरिएको खण्डमा मात्र विस्फोट हुनेछ । त्यसैले, यो आतङ्कवादी आक्रमण हुन सक्छ ।

जैश–ए–मोहम्मदसँग सम्बद्ध आतङ्कवादी समूह पिएएफएफले आक्रमणको जिम्मेवारी लिएको छ, तर यसको पुष्टि हुन बाँकी छ ।