• २८ कात्तिक २०८२, शुक्रबार

गृहमन्त्री अर्यालसँग बेलायती राजदूत फेनको भेट : निर्वाचनमा बेलायतको सहयोग रहने

blog

गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेन शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २८ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग शुक्रबार बेलायती राजदूत रोब फेनले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। 

राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको छ । 

गृहमन्त्रीको सचिवालयका अनुसार, भेटमा जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेल्नुभएको भूमिकाबारे चर्चा भएको थियो । 

राजदूत फेनले नेपालमा हुन गइरहेको आसन्न निर्वाचनमा बेलायत सरकारको आवश्यक साथ सहयोग रहने धारणा व्यक्त गर्नुका साथै दुई देशबीच कायम रहेको मैत्रीपूर्ण दुईपक्षीय सम्बन्ध सधै प्रगाढ रहिरहनेसमेत बताउनु भयो।