• २८ कात्तिक २०८२, शुक्रबार

'पीडितलाई न्याय दिएर सन्तुष्ट बनाउन सके न्यायलयप्रति विश्वास बढ्छ'

blog

अनुगमन निरिक्षणमा बोल्नुहुँदै प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी),कात्तिक २८ गते । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले अहिले मुलुकमा असहज परिस्थिति भएकोले पीडितलाई न्याय दिएर सन्तुष्ट बनाउन सके सर्वसाधारणमा न्यायलय प्रतिको विश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

जिल्लाको राजविराजस्थित रहेको उच्च अदालत जनकपुर राजविराज इजलास तथा सप्तरी जिल्ला अदालतको शुुक्ररबार अनुगमन तथा निरिक्षण गर्ने क्रममा जेनजी आन्दोलन पछि न्यायलयहरूमा न्याय सम्पादन सुरू भइसकेकोले अब तिब्र गतिमा सेवा प्रवाह हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "न्याय सेवा प्रभावकारी हुनुपर्ने भएकोले अहिलेको परिस्थितिमा विद्वान कानुन व्यावसायिको सहयोग आवश्यक छ । बार र बेन्चले एक अर्कालाई सहयोग गरेर सँगसँगै हिड्यो भने सेवा थप प्रभावकारी हुनेमा निश्चित भएकोले जेनजी आन्दोलनको क्रममा मिसिलहरू जलेकोले देवानी मुद्दामा मिसिल नभएपनि मिलापत्र गराएर मुद्दा छिनोफानो गर्न  सहयोग गर्नुपर्ने छ ।"

अहिले मुलुक असहज परिस्थितिमा रहेकोले न्यायपालिकाको अस्मिता र साख जोगाउन कानुन व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको उहाँले जिकिर गर्नुभयो । न्याय प्रवाह तिब्र रूपमा सुरू हुन्छ । अदालतहरूमा मिसिल जलेकोले मिसिल खडा गर्ने, प्राप्त गर्ने, पेसी सुनुवाइ गर्ने, काम गर्न न्यायलय प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । न्यायमा टीका, टिप्पणी र असन्तुष्टि हटाउनुपर्नेमा हामी प्रतिबद्ध भएको उहाँले बताउनुभयो ।

अनुगमन र निरिक्षण गर्ने क्रममा जेनजीको आन्दोलनमा भएको तोडफोड आगजनीबाट भएको क्षतिको विषयमा जानकारी लिदै उहाँले भन्नुभयो, जेनजीको आन्दोलनको दोषीलाई कारबाही हुन्छ । अनुगमनकै क्रममा सर्वोच्च अदालतका न्यायाधीश तिल प्रसाद श्रेष्ठले जनताले निश्पक्ष र स्वस्थ्य न्याय पाउन सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजन भट्टराई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल,उच्च अदालतका मुख्य न्यायाधीश सुभाष पौडेल, रजिस्ट्रार लोकनाथ पराजुली, उच्च र जिल्लाका न्यायाधीशहरू, उच्च अदालत बार एशोसिएसन राजविराज अध्यक्ष हरेराम यादवलगायत कानुन व्यावसायिहरूको उपस्थिति रहेको थियोे ।

नेपाल बार एशोसिएसन राजविराज उच्च अदालत बार एशोसिएसनले तथा जिल्ला अदालतले प्रधान न्यायाधीश लगायतलाई सम्मान गरेको थियोे ।