अमरराज नहर्की
तनहुँ, कात्तिक २७ गते। तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
बिहीबार दिउँसो ३ः३५ बजे दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २३ प ९५४२ नम्बर मोटरसाइकल अनियन्त्रित भएर सडकमा दुर्घटना भएको थियो।
मोटर साइकलमा सवार मोटरसाइकलमा पछाडि व्यास नगरपालिका–१ भादगाउँमा सवार १९ वर्षीय जगत बाँचे मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो।
टाउको गम्भीर चोट लागेका बाचे मगरलाई उपचारको लागि प्रदेश अस्पताल दमौलीमा पठाईएको थियो।तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।मोटरसाइकल चालक, २० वर्षीय निजिन मल्ल घाइते हुनुभएको छ।
उहाँको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ।प्रहरीले घटनाको थप विवरण अनुसन्धान भइरहेको बताएको छ ।