• ७ मंसिर २०८१, शुक्रबार

पुँजी वृद्धि प्रस्ताव पारित

blog

काठमाडौँ, असार २१  गते ।  रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।  सो सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, पुँजी वृद्धि एवंं अन्य व्यवस्थासमेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने-गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनोट गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।  साथै सो सभाले कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपियाँबाट वृद्धि गरी पाँच अर्ब हुनेगरी प्रस्ताव पारित गरेको छ ।