शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २१ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –८ स्थित पर्यटकीयस्थल मोहरेडाँडाबाट साँझपख देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खला सुन्दर दृश्य । अघिल्लो हप्ता परेको हिमपातका कारण हिमालहरु सेताम्मे भएका छन् ।
३ हजार तीनसय १० मिटरको उचाइमा रहेको यस स्थानबाट बिहानको सूर्योदय र साँझमा सूर्यास्तको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । मौसम सफा हुँदा यहाँबाट सिस्ने, गुर्जा, धौलागिरि, माछापुच्छ«े मनास्लु र अन्नपूर्ण जस्ता दर्जनौं बढी हिमालहरुको अवलोकन गर्न सकिन्छ ।