रवीन्द्र उप्रेती
बर्दीबास, कात्तिक १८ गते। प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले हिजो सोमबार साँझ विशेष सूचनाको आधारमा सञ्चालन गरेको तलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले सुरुमा लालगढबाट सर्चअप्रेसन सुरु गरेको थियो।
साँझ करिब ५ बजेतिर लालगढस्थित मोडेल अस्पताल पछाडिको कच्ची सडकमा तलासी लिदा ज १२ प ३१२९ नम्बरको मोटरसाइकल चलाइरहेका मिथिला नगरपालिका-८, जमुनीबासका १८ वर्षीय रितेसकुमार महतोको साथबाट ओनेरेक्स सिरप १५ बोतल बरामद गरेको थियो।
ब्युरो प्रमुख अधिकारीका अनुसार मोटरसाइकलको लेगार्डमा झुण्याइएको झोलाभित्र लुकाइएको अवस्थामा उक्त लागुऔषध फेला परेको हो।
लगत्तै प्राप्त अर्को सूचनाको आधारमा ब्युरो प्रमुख अधिकारी नेतृत्वकै टोलीले साँझ करिब ७ बजे बर्दिबास नगरपालिका-८, हाथीलेट प्रहरी चौकी अगाडि निगरानी बढाएको थियो।
लालगढमा पक्राउ परेका रितेशलाई इलाका प्रहरी ढल्केबरमा र राजेश तथा रोहितलाई अनुसन्धान कारबाहीका लागि इलाका प्रहरी बर्दिबासमा बुझाएको ब्युरो प्रमुख अधिकारीले बताउनुभयो।