शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                ललितपुर, कात्तिक १८ गते । युवा पुस्ताको प्रतिनिधित्व बढाउन माग गर्दै शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा लगाइएको ताला मङ्गलबार खुलेको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पहलमा पार्टी कार्यालयमा लगाइएको ताला खुलेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
नेपाल विद्यार्थी सङ्घका केही विद्यार्थीले सो ताला लगाएका थिए । कार्यवाहक सभापति खड्काले पार्टीमा युवाहरूको सङ्ख्यात्मक वृद्धिको माग स्वीकार्य रहेको बताउनु भयो । युवाहरूले कार्यवाहक सभापतिलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।