• १८ कात्तिक २०८२, मङ्गलबार

कलमेगी चक्रवातका कारण बाढी आउँदा भियतनाममा, ४० जनाको मृत्यु

blog

हनोई(भियतनाम), कात्तिक १८ गते । मध्य भियतनाममा कलमेगी चक्रवातका कारण आएको एक हप्ता लामो वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुगेको अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

उनीहरूका अनुसार अर्को शक्तिशाली आँधीले पनि यस क्षेत्रमा असर गर्ने पुर्वानुमान गरिएको छ । भारी वर्षाले सडकलाई नहरमा परिणत गरेको छ भने नदीको किनार फुटी केही ऐतिहासिक स्थल डुबानमा परेको जनाइएको छ । २४ घण्टाको अवधिमा १.७ मिटर सम्म वर्षा भई राष्ट्रिय रेकर्ड तोडेको जनाइएको छ ।  

पर्यावरण मन्त्रालयको विपद व्यवस्थापन एजेन्सीका अनुसार ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तमा बाढीका कारण छ जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन कलमेगीले शुक्रबार बिहान मात्र अवतरण गर्ने र त्यस अघि निरन्तर मौसमी आक्रमण जारी रहने पूर्वानुमानका गरिएको छ ।

भियतनाममा जुन र सेप्टेम्बरको बिचमा भारी वर्षा हुने गरेको तर वैज्ञानिकहरूले मानव-सञ्चालित जलवायु परिवर्तनको कारण मौसम बारम्बार विनाशकारी बन्दै गएको जनाएका छन् । दस टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले सामान्यतया एक वर्षमा भियतनामलाई कुनै न कुनै रूपमा असर गर्ने र टाइफुन कलमेगी सन् २०२५ नोभेम्बर-१३ तारिखमा आउने अनुमान गरिएको छ ।

आँधीले हाल फिलिपिन्समा प्रहार गरी कम्तिमा दुई जनाको ज्यान लिनुका साथै सयौं हजार विस्थापित गरेको जनाइएको छ । आगामी बिहीबार नजिकिँदै गरेको अर्को चक्रवातले १६६ किलोमिटर प्रति घण्टा गतिका साथ भियतनामको तटमा प्रहार गर्न सक्ने राष्ट्रिय मौसम विभागले जनाएको छ ।  

विपद एजेन्सीका अनुसार बाढीका कारण लगभग ८० हजार घर प्रभावित भएका छन् भने १० हजार हेक्टर भन्दा बढी बाली नष्ट हुनुका साथै ६८ भन्दा बढी गाईबस्तुको मृत्यु भएको छ । रासस/एएफपी