• १३ कात्तिक २०८२, बिहिबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, कात्तिक १३ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ ।       

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ८३ पैसा र बिक्रीदर १६४ रुपियाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १४ पैसा र बिक्रीदर १८६ रुपियाँ ९३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ६७ पैसा र बिक्रीदर १७७ रुपियाँ ४२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ८४ पैसा र बिक्रीदर ९३ रुपियाँ २४  पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ९८ पैसा र बिक्रीदर १०१ रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ७२ पैसा र बिक्रीदर १०९ रुपियाँ १८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २४ पैसा र बिक्रीदर नौ रुपियाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८३ पैसा र बिक्रीदर १९ रुपियाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७ रुपियाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६३ पैसा र बिक्रीदर ३८ रुपियाँ ८० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३६ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ६२ पैसा र बिक्रीदर ३३ रुपियाँ ७६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८९ पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ १० पैसा  र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९४ पैसा र बिक्रीदर २२ रुपियाँ ०३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १२ पैसा र बिक्रीदर १८ रुपियाँ २० पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ०१ पैसा र बिक्रीदर ४६० रुपियाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपियाँ १४ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६७ रुपियाँ ३१ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस