शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
त्रिपोली (लिबिया), कात्तिक १२ गते । पश्चिमी लिबियाको जाविया तटमा आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।
जावियाको आपतकालीन सेवा तथा उद्धार टोलीले डुङ्गाबाट ९२ जनाको उद्धार गरी उनीहरुको जिवन बचाउन सफल भएको उल्लेख गर्दै समुद्रमा डुङ्गा डुब्दा बेपत्ता भएका व्यक्तिको खोजी जारी रहेको बताएको छ ।
लिबियाका अधिकारीहरूले हालै बेनगाजीको पूर्वमा लिबियाको तट पार गर्ने अनियमित (गैरकानुनी) आप्रवासीको सामूहिक प्रयासलाई असफल तुल्याएको जनाएका छन् । पछिल्लो समय लिबिया युरोप पुग्न खोज्ने अनियमित आप्रवासीका लागि ट्रान्जिट पोइन्ट बनिरहेको जनाइएको छ । रासस/क्युएनए