काठमाडौँ, कात्तिक १२ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ २७ पैसा र बिक्रीदर १६४ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ५४ पैसा र बिक्रीदर १८८ रुपियाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७८ रुपियाँ १४ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपियाँ ४० पैसा र बिक्रीदर ९२ रुपियाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ६८ पैसा र बिक्रीदर १०१ रुपियाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ८२ पैसा र बिक्रीदर १०९ रुपियाँ २९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८५ पैसा र बिक्रीदर १९ रुपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६६ पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ३४ पैसा र बिक्रीदर चार रुपियाँ ३६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५७ पैसा र बिक्रीदर ३३ रुपियाँ ७२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८१ पैसा र बिक्रीदर नौ रुपियाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ०३ पैसा र बिक्रीदर १५ रुपियाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ९९ पैसा र बिक्रीदर २२ रुपियाँ ०९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १४ पैसा र बिक्रीदर १८ रुपियाँ २२ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपियाँ ७० पैसा र बिक्रीदर ४६१ रुपियाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६७ रुपियाँ ६० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस