• ११ कात्तिक २०८२, मङ्गलबार

युवालाई राहत दिइने कार्यक्रम आउँछ : मन्त्री गुप्ता

blog

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता गृह नगर लहानमा ।

जीवछ यादव

लहान, कातिक ११ गते  । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले युवालाई राहत हुनेगरी कार्यक्रम ल्याइने बताउनु भएको छ । 

मन्त्रीमा नियुक्त भएपछि आफ्नो गृहगाउँ लहान–२३, गढा  छठ पर्व मनाउन आउनु भएको मन्त्री गुप्ताले आज मङगलबार पत्रकारहरूसँग कुराकानी गर्दै युवाहरूको चाहना र भावनाको प्रतिनिधित्व गर्न युवा तथा खेलकुदमन्त्रीको जिम्मेबारी पाएको बताउनुभयो । 

‘‘छठ पर्व सकिएपछि सरकारले हरेक क्षेत्रमा राहत महसुस हुने गरी कार्यक्रम त आउँछ नै । आफू युवा तथा खेलकुदमन्त्रीको हैसियतमा युवाहरूको समस्या र मागलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउन संयन्त्र बनाउन लागेका छौँ’’,उहाँले भन्नुभयो । 

सरकारमा युवाहरूको नेतृत्व गर्दै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएकोले खेलकुद त प्राथमिकतामा भएपनि युवाहरूको मागलाई सम्बोधन गर्न पनि त्यतिकै आवश्यक्ता रहेको मन्त्री गुप्ताले प्रष्टयाउनुभयो । 

हरेक निकायमा देखिएको भ्रष्टाचार नियणत्रण गरेर सुशासनको प्रत्याभुति दिलाउन र चुनावको वातावरण बनाउन सरकारले काम गरिरहेको उहाँले भन्दै अवसरभन्दा पनि चुनौती अगाडि रहेकोले  त्यस्ता चुनौतीहरूको सामना गर्न पनि यो सरकार सक्षम रहेको प्रष्टयाउनुभयो । 

फागुन २१ गते चुनाव  गराउन सरकारले वातावरण के के काम थालेको प्रश्नको जिज्ञासामा मन्त्री गुप्ताले भन्नुभयो,‘‘पुरानै संसदको चुनाव गराउन जेनजी पुस्ताले आन्दोलन गरेको छैन । भ्रष्टाचार अन्त्य गर्न र कार्यकारी प्रमुखको निर्वाचन गर्नुपर्ने युवाहरूको दबाब रहेकेकोले संविधान संशोधन गरेर भएपनि युवाहरूको माग पूरा गराउने गरी सरकारले काम गर्न काम गरिरहेको छ ।’’

युवा तथा खेलकुद मन्त्रालय शिक्षा स्वास्थ्य र रोजगारीसँग समेत जोडिएकोले स्वदेशमा नै रोजगारी सृजना गर्ने, शिक्षा र स्वास्थ्यमा देखिएको विकृति र अनियमिततालाई अन्तय गर्ने र भ्रष्टाचारीहरूले उन्मुक्ति नपाउने मन्त्री गुप्ताले विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री गुप्ता आज दिनभरी विभिन्न कार्यक्रमहरूमा सहभागी भई युवाहरूको भावना बुझ्ने र अग्रजहरूको सललाह सुझाव ग्रहण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।