• ११ कात्तिक २०८२, मङ्गलबार

नेपाली चलचित्रकी नयाँ नायिका समृद्धि

blog

काठमाडौँ , कात्तिक ११ गते । चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई र विजय बरालसँगै देखिने अर्को मुख्य महिला पात्र हुनुहुन्छ, समृद्धि अर्याल । चलचित्र ‘फर्की फर्की’ बाट अभिनयमा पदार्पण गर्नुभएकी उहाँ दर्शकका लागि नयाँ अनुहार हुन सक्छ । पहिलो चलचित्रमा नै उहाँले अनमोल केसीसँग स्क्रिन सेयर गर्ने मौका पाउनुभएको थियो । दोस्रो चलचित्रमै उहाँले अहिले चल्तीका कलाकार दयाहाङ र विजयसँग उहाँले अभिनय गर्ने मौका पाउनुभएको छ  ।

हङकङमा जन्मिएकी उहाँको बाल्यकाल भने नेपाल र हङकङ दुवैतिर बित्यो । कलाकारितामा रुचि भएकाले उहाँले अभिनय सिक्नुभयो । समृद्धिले मुम्बईको विस्लिङ उड्स इन्स्टिच्युटमा तीन वर्ष अभिनयको कक्षा लिनुभयो र त्यसपछि मुम्बईकै मोडलिङ एजेन्सीमा काम गर्नुभयो । 

पिज्जादेखि जिलेटसम्मका ब्रान्डमा उहाँले मोडलिङ गर्नुभयो । त्यसपछि उहाँले विज्ञापन, म्युजिक भिडियो र एक दर्जन सर्ट मुभिमा काम गर्नुभयो । त्यसै क्रममा उहाँले चलचित्र ‘फर्की फर्की’ मा कलाकारका लागि अडिसन दिनुभएको थियो । जसबाट उहाँले नेपाली चलचित्रमा पदार्पण गर्नुभएको हो । उहाँ अभिनीत दोस्रो चलचित्र ‘वरिष्ठ बलराम’ हो । कुसुमको भूमिकामा उहाँ चलचित्रमा देखिनुभएको छ ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको छ । चलचित्रमा दयाहाङ, विजय, समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पिके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेख्नुभएको छ । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायाङ्कन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको सङ्गीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।