• १० कात्तिक २०८२, सोमबार

तुलसीपुरमा अझै ७६ कैदीबन्दी फरार

blog

सन्तोष दहित

दाङ, कात्तिक १० गते । जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका २५३ कैदीबन्दीमध्ये ७६ कैदीबन्दीहरु अझै फरार छन् । कारागारबाट फरार भएको डेढ महिना पुग्नथाले पनि उनीहरु अहिलेसम्म सम्पर्कमा नआएपछि फरार कैदीबन्दीहरुको खोजीकार्य तीव्र बनाएको तुलसीपुर कारागार कार्यालयले जनाएको छ ।

२५३ मध्ये १५७ जना कैदीबन्दीहरु तुलसीपुर कारागारमा र २० जना कैदीबन्दी जिल्ला बाहिरका कारागारमा आए पनि ७६ जना कैदीबन्दी अहिलेसम्म फरार रहेको तुलसीपुर कारागार कार्यालयका जेलर गिरबहादुर सिजवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १७७ मध्ये ८६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो भने ९१ जना कैदीबन्दी आफैं कारागारमा फर्किका थिए । जेनजी आन्दोलनको क्रममा भदौ २३ गते बेलुकी १२४ जना र भदौ २४ गते दिउँसो १२९ जनासहित २५३ कैदीबन्दी कारागारबाट भागेका थिए ।