शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
प्रवीण कुमार शर्मा
रौतहट, कात्तिक ५ गते । रौतहटको चन्द्रपुर नगरपालिका–४ पश्चिम लच्का नजिक बुधबार बिहान एक यात्रुवाहक बसमा आगलागी भएको छ ।
काठमाडौँबाट चन्द्रपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ५५५५ नम्बरको बसमा ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा बस जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बिहान ७ः२० बजे लागेको आगो ८ः१५ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीले बारुण यन्त्रको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक लाबुंगले बताउनुभयो ।