• ३० वैशाख २०८१, आइतबार

झापामा हात्ती मृत फेला

blog

विष्णुप्रसाद पोखरेल
दमक, असार १७ गते ।
झापाको बुद्धशान्ति गाउँपालिकामा शुक्रबार बिहान एउटा हात्ती मृत फेला परेको छ । हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित आयाबारीमा स्थानीय मीना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले बताउनुभएको छ ।

हात्ती मर्नुको कारण नखुलेको पनि उहाँले जनाउनुभयो । हात्तीको दारा हेर्दा किशोर अवस्थाको हात्ती हुनसक्ने बताइएको छ । झापामा पछिल्लो समयमा दिनहुँ हात्तीको बथान भारतबाट नेपाल छिर्ने गरेका छन् ।

डिभिजन वन कार्यालय झापाले हात्तीको मृत्युको कारणबारे विज्ञ टोली ल्याएर अनुसन्धान गर्ने बताइएको छ ।