• ७ मंसिर २०८१, शुक्रबार

तामाङ चलचित्र सङ्घमा नयाँ कार्यसमिति

blog

गोरखापत्र समाचारदाता

काठमडौँ, असार १७ गते ।  तामाङ चलचित्र सङ्घ बागमती प्रदेशको पहिलो अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ । कार्यसमितिको अध्यक्ष आशमान वाइबा, वरिष्ठ उपाध्यक्ष ध्रुव सिंह तामाङ, उपाध्यक्ष अनिता नेगी तामाङ, उपाध्यक्ष राजकुमार मोक्तान, महासचिव दावा फिन्जो तामाङ, सचिव करण तामाङ, सहसचिव हिरोज लोप्चन तामाङ, कोषाध्यक्ष सुस्मिता घलान, सह कोषाध्यक्ष राखिन्द्रकुमार तामाङ चयन हुनुभएको हो  । 


त्यसैगरी जेनिश दोङ, जयनकुमार मोक्तान, दीपक तामाङ लामाको निर्वाचन मण्डलले कार्यसमितिका सदस्यहरू कुमारी माया घलान, रिजन लामा, आइसिंङ तामाङ, गङ्गा योङ्जन, बिना तामाङ, अमर पाख्रिन तामाङ, श्याम माया तामाङ, रोशन तामाङ, सन्देस तामाङ, शान्तिकुमारी डिम्डुङ, मिङ्मर योङ्जनलाई चयन गरेको जयनकुमार मोक्तानले जानकारी दिनुभयो ।