• २ जेठ २०८२, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते

blog

काठमाडौं, असार १६ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते सोमबार बस्ने भएको छ। 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक ललितपुस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने छ। बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने उहाँको भनाइ छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।