• ९ असोज २०८२, बिहिबार

सञ्चार मन्त्री खरेलसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

blog

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सन शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, असोज ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेट गर्नुभयो ।

बिहिवार अपरान्ह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा मन्त्री जगदीश खरेल र राजदुत थम्पसनबीच नेपाल र संयुक्त राज्य अमेरिका बीचको आपसी हितका सम्बन्धमा छलफल भयो । 

भेटमा मन्त्री खरेलले जेन जी आन्दोलनको जनादेश बमोजिम आगामी २०८१ फागुन २१ मा हुने चुनाव एवम् भष्ट्राचार नियन्त्रण तथा सुशासन सरकारको प्रमुख प्राथमिकता रहेको बताउनु भयो ।

राजदूत थम्पसनले नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । 

उहाँले संयुक्त राज्य अमेरिका सधैँ नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको जानकारी दिनुभएको सञ्चार मन्त्रालयले जनाएको छ । 

नेपाल र अमेरिकाबीच वि.सं. २००५ अर्थात् सन् १९४८ मा स्थापना भएको कूटनीतिक सम्बन्ध अहिले ७७ औँ वर्षमा प्रवेश गरेको छ । 

मन्त्री खरेलले असोज ६ गते सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको हो ।