शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अविनाश चौधरी
धनगढी, असोज ९ गते । कैलालीको गोदावरी नगरपालिका –४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर बगैचाको कुुटीमा बस्दै आउनुभएका ७८ वर्षीय साधु रामनारायण डङ्गौराको कुटीमै हत्या भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई कुटीमा बस्दै आउनुभएका साधु डङ्गौराको बुधबार राति हत्या भएको आशङ्का गरिएको हो ।
साधुको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको जनाइएको छ । साधुको हत्या भएको भन्दै लक्ष्मीनारायण मन्दिरले प्रहरीमा जाहेरी दिएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।