• ९ असोज २०८२, बिहिबार

कपुरकोट गाउँपालिकाद्वारा पुन:निर्माण कोषमा दुई लाख सहयोग

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, असोज ९ गते । जेनजी आन्दोलनका क्रममा भएको क्षति पुन:निर्माणका लागि कपुरकोट गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले आन्दोलनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पुन:स्थापना तथा पुन:निर्माणका लागि कोष स्थापना गर्ने निर्णय गरेको हो। सो कोष नेपाल सरकारले तोकेअनुसार आवश्यक सहयोगका लागि प्रयोग गरिने जनाइएको छ।

संविधानको धारा २३२ अनुसार संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य, सहअस्तित्व र समन्वयलाई आधार मानेर यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले शोक सन्देश जारी गर्दै सहिद परिवारप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति स्वास्थ्य लाभको कामना गरेका छन्। उहाँले सानो सहयोग भएपनि यसलाई राष्ट्र निर्माणतर्फको सामूहिक प्रतिबद्धताको रूपमा लिनुपर्ने बताउनुभयो ।