• १३ असोज २०८१, आइतबार

बालुवाटारको मेरी स्टोप्स् भवनमा आगलागी

blog

काठमाडौं, असार १५ गते । काठमाडौंको बालुवाटारस्थित सुनौलो नेपाल र मेरी मेरी स्टोप्स् भवनमा बुधबार बिहान आगलागी भएको छ । बिहान ७ः०० बजेदेखि लागेको आगलागी अझै नियन्त्रणमा आइनसकेको प्रहरीले जनाएको छ ।

अहिले वारुणयन्त्र, सुरक्षा निकायको नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको विपत् व्यवस्थापन टोलीले भवन नै भत्काएर आलो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । भवनभित्र औषधी भएकोले औषधीमा लागेको आगो नियन्त्रणमा लिन गाह्रो परेको पनि प्रहरीले जानएको छ ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको र आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।