• ८ असोज २०८२, बुधबार

सर्पको टोकाइबाट एक जनाको मृत्यु

blog

बाजुरा,  असोज ८ गते । यहाँको त्रिवेणी नगरपालिका–२ चौसालका एक युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

स्थानीय ४० वर्षीय सर्जन बुढालाई सर्पले टोकेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैशीले जानकारी दिनुभयो । उहाँका अनुसार दृष्टिविहीन बुढालाई मङ्गलबार राति गौरीगङ्गा नगरपालिकाको राजीपुरमा सर्पले टोकेको थियो । रासस