• ३० भदौ २०८२, सोमबार

उच्च अदालत बागलुङको सेवा आजबाट नियमित सञ्चालन हुने

blog

उच्च अदालत पोखरा, बागलुङ इजलासको भवन । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ३० गते ।
उच्च अदालत पोखरा, बागलुङ इजलासले जेनजी आन्दोलनका कारण स्थगित भएको मुद्दाको सुनुवाइलगायत अदालतको नियमित कामकारबाही सोमबारदेखि सञ्चालन हुने भएको छ ।

कार्यालयका रजिस्ट्रार रामबहादुर थापा क्षेत्रीले अदालतले साप्ताहिक पेसी सूचीमा चढाउनुपर्ने मुद्दाबाहेक अन्य मुद्दाको सुनुवाइ नियमित सञ्चालन हुने जानकारी दिनुभयो ।

यही भदौ २५ गते सूचना जारी गर्दै अदालतले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अन्य मुद्दाको सुनुवाइ स्थगित गरेको थियो । जेनजी आन्दोलनका कारण उत्पन्न विषम परिस्थितिका कारण अदालतको सेवा प्रवाह प्रभावित भएको थियो ।