• १३ असोज २०८१, आइतबार

राष्ट्रियसभा बैठक ३० मिनेटका लागि स्थगित

blog

काठमाडौं, असार १३ गते । राष्ट्रियसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

सोमबार बिहान ११ बजेबाट जारी रहेको राष्ट्रियसभा बैठकमा ३० मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरी, परराष्ट्रमन्त्री डा. नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकअन्तर्गत विविध शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।