• २३ भदौ २०८२, सोमबार

छैठौं पुलचोक कपको उपाधी जनसहयोगको कब्जामा

blog

छैठौं पुल्चोक कप फुटवलको उपाधी उचाल्दै जनसहयोग मावि । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), भदौ २२ गते ।
छैठौं पुल्चोक कप माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधी रेसुङ्गा नगरपालिका–५ भुवनपानीको जनसहयोग माविले कब्जा गरेको छ ।

लामो समयदेखि चिदिचौर खेल मैदान निर्माणको क्रममा अलपत्र परेपछि रेसुङ्गा नगरपालिका–७ उनायचौर खेल मैदानमा प्रतियोगीता सञ्चालन भएको थियो । जनसहयोग माविले आर्दश व्द्यिा आश्रमलाई १–० गोल गर्दै उपाधी रक्षा गरेको हो । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लवले छात्र र पुल्चोक स्र्पोट क्लवले छात्रा फुटवल प्रतियोगीता गर्दै आएका छन् ।

गत वर्षबाट खुकुरी युवा क्लवले पनि छात्र फुटबल गर्दै आएको छ । पछिल्लो समयका यी तिनै खेलको उपाधी जनसहयोगले आफ्नो पोल्टामा पारेको छ । पुलचोक कपको विजेता जनसहयोगले ३४ हजार ४४४ रुपियाँ र उपविजेताले २३ हजार ३३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको पुलचोक स्र्पोट क्लवका खेल संयोजक तस्लिम अलीले जानकारी दिनुभयो ।

प्रतियोगीतामा ११ विद्यालयका खेलाडी सहभागी थिए । यसअघिका पाँच वटा पुलचोक कप सदरमुकामकै दुई विद्यालयले जितेका थिए । तर छैठौं पुल्चोक कप छात्रा फुटबल प्रतियोगिताको उपाधी सदरमुकाम बाहिर गएको छ । पुलचोक स्र्पोटस् क्लवका अध्यक्ष प्रकाश मरासिनीका अनुसार रिर्डसलाई सेमीफाइनलमा पराजित गरेर आर्दश र महेन्द्र माविलाई पराजित गरेर जनसहयोग फाइनल खेलमा प्रवेश गरेका थिए । पुल्चोक कप छात्रा फुटबल प्रतियोगिताको उपाधी २०७६, २०७७ र २०७९ मा लगातार सिद्धबाबा माबीले र २०८० र २०८१ मा रिडर्स प्राप्त गरेको मरासिनीले बताउनुभयो ।