• १३ साउन २०८१, आइतबार

गणपूरक संख्या नपुगेर स्थगित प्रतिनिधिसभाको बैठक सुरु

blog

प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुहुँदै सभामुख अग्निप्रसाद सापकोटा । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, असार १२ गते। विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक सङ्ख्या नपुगेर केही समयका लागि स्थगित भएको बैठक फेरि सुरु भएको छ। आजै आधा घन्टाका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको हो।

राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल सकिएर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफ दिएपछि विचार गरियोस् भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरकको प्रश्न उठाइएको थियो।