• १२ भदौ २०८२, बिहिबार

सल्यानमा जिप दुर्घटना : १९ जना घाइते

blog

दुर्घटना भएकाे जिप ।

प्रतीक इच्छुक शर्मा

सल्यान, भदौ १२ गते । सल्यानको शारदा नगरपालिका–१२ तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

बिहीबार दिउँसो लु १ ज २३६८ नम्बरको जिप रेसमज्युला नजिकै ग्रामीण सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार जिप चालक शारदा नगरपालिका–६ बस्ने २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।