• ११ भदौ २०८२, बुधबार

नेपाल र वेस्ट इन्डिज सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाललाई

blog

सम्झौता आदानप्रदान गर्दैै क्यान र रुटिन अफ नेपाल प्रालिका प्रतिनिधि । तस्बिरः क्यान

काठमाडौँ, भदौ ११ गते । नेपाल र वेस्ट इन्डिजबिचको टी२० सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाल प्रा.लिले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सेप्टेम्बर २७ देखि ३० तारिखसम्म यूएईमा हुने सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाल प्रालिलाई दिइएको हो ।

अक्टुबर १ देखि १७ सम्मसम्म ओमानमा हुने विश्वकप लिग२ को तयारी स्वरूप नेपालले वेस्ट इन्डिजसँग यूएइमा टी२० सिरिज खेल्न लागेको हो ।