• १० भदौ २०८२, मङ्गलबार

मोटरसाइकल वर्कसपमा आगलागी हुँदा २४ लाख क्षति

blog

वर्कसपमा भएको आगलागी स्थानीय तथा सुरक्षाकर्मीले दमकलको सहायता मार्फत नियन्त्रण गर्दै । तस्विर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, भदौ ४ गते ।
ताप्लेजुङको फुङलिङमा सञ्चालित मोटरसाइकल वर्कसपमा आगलागी हुँदा २४ लाख रुपियाँको क्षति भएको छ । फुङलिङ नगरपालिका २ स्थित  पुरानो जिल्ला प्रशासन कार्यालयको माथिल्लो भेगमा सञ्चालित ताप्लेजुङ बाइकर्स जोनमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।

स्थानीय गोमादेवी गुरुङको घरमा आशिषहाङ पालुङ्वाले सञ्चालन गर्नु भएको वर्कसपमा आगलागी हुँदा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीका कारण वर्कसपमा मोटरसाइकल मर्मतका लागि राखिएका आवश्यक उपकरणहरू, पुरानो बाईक तथा पाट्र्सहरु जलेर नष्ट भएका छन् । त्यस्तै घरका ढोका, झ्याल, सटर भित्ता लगायतमा समेत आगलागीका कारण क्षति पुगेको छ ।

प्रहरीका अनुसार बाइक मर्मतको क्रममा अचानक प्रज्वलनशील पदार्थ पेट्रोलमार्फत आगलागी सुरु भएको थियो । आगो फुङलिङ नगरपालिकाको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी, स्थानीय लगायतको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।