शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अर्जुन काकी
काठेखोला (बागलुङ), भदौ ३ गते। बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ।
सोमबार साँझ मोबाइल चार्ज गर्ने क्रममा नजिकैको नाङ्गो तार छोइएपछि करेन्ट लागेर बोहरागाउँकी १९ वर्षीया कृष्णकुमारी चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक आनन्द बस्नेतले बताउनुभयो। प्रनि बस्नेतले करेन्ट लागेपछि घटनास्थलमै चन्दको मृत्यु भएको बताउनुभयो।
मुसाले काटेको तारका कारण करेन्ट लागेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि बुर्तिबाङ अस्पताल पु¥याइएर पछि परिवारको जिम्मा लगाइएको छ। हालै मात्र कक्षा १२ उत्तीर्ण गरेकी चन्दको असामयिक निधनले गाउँ शोकाकुल भएको छ।