• ३ भदौ २०८२, मङ्गलबार

छहारी युवा क्लबको सानदार जित

blog

गोल गरेपछि खुसी मनाउँदै छहारीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ ३ गते । छहारी युवा क्लबले एन्फा महिला लिग छनोटमा सानदार जित निकालेको छ ।

एन्फा मैदान सातदोबाटोमा मङ्गलबार भएको खेलमा छहारीले स्टुडेन्ट एफसीलाई ६–१ गोलले हरायो । छनोटमा छहारीको यो लगातार दोस्रो जित हो ।  यसअघि छहारीले उद्घाटन खेलमा एफसी रियललाई ३–० गोलले हराएको थियो ।

जितसँगै छहारीले ६ अङ्क बनाएको छ । पहिलो हार खेपेको स्टुडेन्ट एफसीको तीन अङ्क छ । एकपक्षीय खेलमा छहारीलाई जिताउन सुमित्रासिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललिता मण्डल, सानिमा माया लो र दिपा पुनमगरले एक एक गोल गर्नुभयो । 

स्टुडेन्ड एफसीकी सविना तामाङले सानत्वना गोल फर्काउनुभयो । छनोट खेलमा १४ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीबाट उत्कृष्ट  पाँच टोली एन्फा महिला लिगमा छनोट हुने छन् ।  

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहमा शीर्ष दुई टोली एन्फा लिगमा सोझै सहभागी हुने छन् । तेस्रो स्थान रहने दुई टोलीबिचको प्लेअफ खेलमार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।