• ३ भदौ २०८२, मङ्गलबार

साफ यु–१७ महिला च्याम्पियनसिप जित्ने लक्ष्यमा नेपाल

blog

प्रि–म्याच कन्फेरेन्समा नेपाली टोलीका प्रशिक्षक र कप्तान । तस्बिर : एन्फा

काठमाडौँ, भदौ ३ गते । नेपालले भुटानमा बुधबारदेखि सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्य राखेको छ ।

नेपाली टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपाल उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउनुभएको छ । खेलअघि मङ्गलबार आयोजित प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक श्रेष्ठले टोलीले राम्रो तयारी गरेको र उपाधि जित्न सक्षम रहेको प्रतिक्रिया दिनुभयो ।

‘‘टोलीका अघिल्लो संस्करण खेलेका अनुभवी र राम्रा खेलाडी छन् । प्राविधिक रुपमा हामी बलियो छौँ । हामी सबैलाई कडा टक्कर दिनेछौँ । सहभागीमध्ये भारतलाई बलियो प्रतिद्वन्द्वी ठानेका छौँ,’’ श्रेष्ठले भन्नुभयो । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि राम्रो प्रदर्शन गर्ने बताएका छन् । 

च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहनेछ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालले भारतसँग अगस्ट २० र २९, भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।